भारतीय पूर्व अर्थमन्त्रीको अन्त्येष्टि गरिदै

आइतवार, भदौ ८, २०७६



नयाँ दिल्ली । भारतीय पूर्व अर्थमन्त्री एव विजेपीका वरिष्ट नेता अरुण जेट्लीको अन्तिम संस्कार आइतबार दिउँसो गरिदैछ ।

विहान १० जेट्लीको पार्थिव शरिरलाई विजेपी पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिन भारतका उच्च पदस्थत अधिकारीहरु, नेतागणहरु, कलाकारहरु मात्र हैन ठूलो संख्यामा सर्वसाधरणको भीड दिन दयाल उपाध्याय मार्गमा लागेको छ ।  विजेपीको केन्द्रिय कार्यालय रहेको उक्त मार्गबाट उनको शव यात्रा निगमबोध घाट लगिने विजेपीले जनाएको छ ।

सन १९७४ मा दिल्ली युनिर्भसिटीको छात्र संघको अध्यक्ष चुनिएका जेट्ली सन १९७५ को आपतकालमा पहिलो पटक हिरासतमा पुगेका थिए ।

सन १९७७ मा एबीवीपीको अल इन्डीया सेक्रेटरी र दिल्ली एबीवीपीको अध्यक्ष नियूक्त जेट्ली वकालत मार्फत चर्चामा आएका थिए । सन १९८० मा विजेपी सदस्य बनेका जेट्ली सन १९८२ मा वैवाहिक जीवनमा बाँधिएका थिए ।

एक छोरा र एक छोरीका पिता जेट्ली सन १९९१ मा विजेपीको राष्ट्रिय कार्यकारणीको सदस्यमा चुनिएका थिए ।

सन १९९८ मा युएन महासभामा भारतीय प्रतिनिधि मण्डलमा सामेल गराइएका जेट्ली अटलविहारी वाजपेयी सरकारमा सूचना एवं प्रसारणमन्त्री बनाइए । सन २००९ मा राज्य सभामा विपक्षी दलको नेताको जिम्मेवारी समालेका जेट्लीले वकालतको पेशा सदाको लागि त्यागेका थिए ।

सन २०१४ मा मोदीको उदय पश्चात बनेको सरकारमा उनले अर्थ,कर्पाेरेट अफियस र रक्षा मन्त्रालयको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका थिए ।

सन २०१८ मा जेट्ली मृगौलाबाट पीडित बन्दै मृगौला प्रत्यारोपण समेत गराएका थिए ।  २४ अगष्ट २०१९ मा तमाम कोशिसका बावजुद उनले संसार त्याग्न पुगे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata