भष्ट्राचारको आरोपमा बंगलादेशको पूर्व प्रधानमन्त्रीलाई सात बर्षको जेल सजाय

सोमवार, कार्तिक १२, २०७५



बंगलादेश । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री खालिदा जियालाई भष्ट्राचारको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ ।  सोमबार न्यायाधीश एम डि अख्तरुजमानले ढाका अदालतमा उक्त फैसला सुनाएका हुन् ।

पूर्व प्रधानमन्त्री जियाले अज्ञात स्रोतबाट एक च्यारिटेबल ट्रस्टलाई प्राप्त रकम ३ लाख ७५ हजार डलरको अपचलन गरेको आरोप लगाइएको छ । वेगम जीया सुनुवाईको समय अदालतमा अनुपस्थित थिइन् । उनी वर्तमानमा अनाथालयको रकम हिनामिना गरेको आरोपमा पाँच सालको जेल सजाय भोग्दै आईरहेकी छिन् ।

वेगम जीयालाई उनको पति एवं पूर्व राष्ट्रपति जियार रहमानको नाममा ट्रस्ट चलाउन स्रोत नखुलेको धन जम्मा गरेको आरोपमा सात सालको सजाय सुनाइएको हो ।
गत फेब्रुअरीमा उनको ठुलो छोरा, नातेदार तारिक रहमान र उनी समर्थक चार जनालाई दश बर्षको जेल सजाय सुनाइएको थियो।

सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना माथि भएको घातक हमलामा रहमानलाई जीवनभर जेल सजाय यसै महिनाको सुरुमा तोकिएको थियो । वेगम खालिदा जीया यी सबै आरोपहरुलाई राजनैतिक प्रतिशोध बताइरहेकी छिन् ।

89 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank