२५ वर्षे वैवाहिक जीवन तोड्दै अमेजन मालिक जेफ बेजोस

बिहिबार, पुस २६, २०७५



एजेन्सी । अमेजनका फाउण्डर तथा सिइयो जेफ बेजोसले नयाँ साल मनाउँदा गरेको मस्ती देख्नेहरु हैरान भएका छन् ।  जेफ परिवार कोलोराडोमा नयाँ साल मनाउँदा कसैले शंका सम्म गर्न नसेको जेफ बेजोसको २५ वर्षीय वैवाहिक जीवन अचानक समाप्त हुन पुगेको छ ।

सन १९९३ मा आफ्नै साथी मेकेन्जी सँग वैवाहिक बन्धनमा बाँधिएका जेफ बेजोस आफ्नो २५ वर्षे वैवाहिक जीवन तोड्न राजी भएका हुन् । चार वच्चाका पिता जेफले पारपाचुके पछि एक ट्वीटमा लेखेका छन् । हामी दुईले एक असल साथीको रुपमा जीवन जीउने फैसला लिएका छौं ।

पारपाचुके पछि जेफ पत्नी मेकेन्जीले ६८ मिलियन डलर रकम प्राप्त गर्ने छिन् । जुन रकम विश्व भरमा ५ औं धनी व्यक्ति वन्न काफी हुने छ । सन् १९९४ मा जेफ बेजोसले अमेजन शुरु गरेका थिए । शुरुका दिनमा सिर्फ किताब बेच्ने अमेजन हाल आएर विश्वकै सबै भन्दा सफल वेवसाइड बनेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank