आमा जति लेखेपनि पुग्दैन मसी तिम्रो गुणगानको

मङ्लबार, साउन १५, २०७५

- जीवन अर्याल



Jeewan aryalजव म सानो थिएँ,
तिम्रो अर्थ बुज्न सकिनँ आमा
कति खराव, चञ्चल थिएँ बालापनमा
कति दुःख पुर्याए तिम्रो कोमल मनमा

तिम्रो त्यो गाली पिटाइ थप्पडमा कती प्यार थियो
तिम्रो एकै दिनको स्पर्षले सबै भुलाई दिन्थ्यो
यस्तो किन हुन्छ, जो बढी माया गर्छ
उसैलाई हामी बढी दुःख दिन्छौँ

तिमीले मेरो लागि सबैथोक दियौँ
जुन तिम्ले गर्न सक्थ्यौँ
तर, मैले तिम्रो लागि केही गर्न सकिनँ
न अव गर्न सकुला

तिम्रो साथी उ घडी तिम्ले त्यो टिक टिक को
सहाराले कैयौँ रात मेरो लागि गुजारा ग¥यौँ
त्यो दिनरात म तिम्रो लागि कसरी फिर्ता
गर्न सक्छु आमा ।

जीवनको पाठ सव तिम्ले सिकायौ, मलाई बोल्न, गाउन्
चल्न तिमीले सिकायौ तिमी मेरो गुरु हौँ, मेरो आदर्श हौँ
मार्गदर्शक हौँ, आज पनि तिम्रो सिद्दान्तको पालना गर्दै छु
दुःख पर्दा अरुलाई सहयोग गर्ने त्यो भावना
हामीले तिमीसँग सिक्यौँ आमा

तिम्रो त्यो कोमल मन हाम्रो सबै भन्दा ठुलो सम्पत्ति हो ।
जुन आज तिमीले हामी सवैमा पुर्याएकी छौ
तिमीले कैले भन्ने गथ्र्यौँ कुनै कुनै कुरा आमा बाबा बनेपछि
बल्ल थाहा हुन्छ्, त्यो बल्ल बुज्दैछु

सँगै हुँदा नबुजेको तिम्रो स्थान टाढा हुँदा बढी बुज्दैछु
त्यसैले त आमा मन मनले दिनका दिन पुज्दैछु
जति  लेखेपनि पुग्दैन मसी तिम्रो गुणगानको
अनगिन्ती शुभकामना तिमीलाई जन्मदिनको ।।।

704 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank