जीपको ठक्करबाट एकको मृत्यु

बिहिबार, मंसिर ५, २०७६



कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका देवराम टमटा रहेको प्रहरीले जनाएको छ ।

हिजो(बुधबार) कञ्चनपुरबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको महेन्द्रा जीपले ठक्कर दिँदा टमटा गम्भीर घाइते भएका थिए । घाइते टमटालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेते जानकारी दिए । जीप चालक डडेल्धुराको अमरगढी नगरपालिका–१० का वीरबहादुर रावललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata