जीपमाथि ढुंगा खस्दा वन अधिकृत घाइते

शुक्रबार, मंसिर २७, २०७६



कैलाली  । डिभिजन वन कार्यालय बैतडीको जीपमाथि ढुंगा खस्दा एक जना घाइते भएका छन्  । धनगढीबाट बैतडी जाँदै गरेको डिभिजन वनको पिकअफ बोलेरो जीपमा कैलालीको भासु भीरबाट ढुंगा खसेको हो ।

 बा २ झ २७६० नम्बर ढुंगा खस्दा डिभिजन वन अधिकृत केशव पराजुली घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घाइते वन अधिकृतलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

जीपको अगाडिको भागमा क्षती पुगेको र ढोकासमेत टुटफुट भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments