बंदेलको आक्रमणबाट सहायक बन अधिकृत घाईते

आइतवार, चैत्र १८, २०७४



कञ्चनपुर । बँदेलको आक्रमणमा परी जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत घाईते भएका छन् ।

सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका ४२ वर्षीय जिवछ यादव बंदेलको आक्रमणमा परि गम्भीर घाइते भएका छन् । यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले बताए ।

यादवको घाँटीनेरको भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते यादवको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ रिफर गरिएको छ ।

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank