ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रलाई चिनाउने अभियानमा सांसद जीवनराम श्रेष्ठ

सोमवार, बैशाख ३, २०७५



भूपेन्द्र शाह ठकुरी

काठमाडौं । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्ने र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले सप्ताहव्यापी अभियान थालिएको छ ।

हनुमानढोका (पन्ध्रौँदेखि २०औँ शताब्दी)देखि पौराणिक स्वयम्भूनाथसम्मको २.२ किमीभित्र मरुगणेश (बाह्रौँ शताब्दी), काष्ठमण्डप(सातौँ शताब्दी), मरुहिटी (लिच्छविकालीन), सन्तानेश्वर महादेव (विसं १७३४), मरुबही (तेह्रौँ शताब्दी), बञ्जाहिटी, नरदेवी आदि सम्पदा छन् । प्राचीन नगरको सुरक्षार्थ चारैतिर खोला, नगर प्रवेशद्वार तथा नगरको किनारमा खुला क्षेत्र छन् । प्राचीन समयमा हुने लडाइँमा सर्वसाधारणलाई बचाउन त्यस्ता क्षेत्रको उपयोग गरेको पाइन्छ ।

jeebanram shirest

अभियान अन्तर्गत सोमबार हनुमानढोका दरवारदेखि स्वयम्भूसम्म पदयात्रा गरिएको छ । पदयात्राको नेतृत्व काठमाडौँ क्षेत्र नं. ८ का प्रतिनिधि सभा सदस्य (सांसद) जीवनराम श्रेष्ठले गरेका थिए । पदयात्रामा काठमाडौं महानगरपालिकाका वडा नम्बर १५, १८, १९, २०, २३ र २४ वटा वडाका अध्यक्षहरू र विद्यार्थीहरू थिए ।

j1

ऐतिहासिक धरोरहरूको संरक्षण, सम्बद्र्धनका साथै पर्यटकीय सम्पदाको उजागर गरि प्रचार प्रसार गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाका स्वयमसेवक अनुप श्रेष्ठले जानकारी दिए । सवै सम्पदाको आ–आफ्नै पौराणिक इतिहास रहेको सांसद श्रेष्ठ बताउँछन् । ‘एउटा हिन्दु र एउटा बौद्धको इतिहाससँग जोडिएका बिश्वसम्पदा सूचीको पदयात्रा गर्न २.२ किलोमिटरको यात्रा गरे पुग्छ । तर, यसको बारेमा सरकारलाई अहिलेसम्म कुनै जानकारी नै नभए जस्तोछ’ श्रेष्ठले भने । ‘ऐतिहासिक सम्पदाहरूबीचको यति छोटो दूरी विश्वमा कहीँ छैन ।’

श्रेष्ठले विभिन्न प्राचीन –ऐतिहासिक महत्वका सम्पदाको विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई आफ्नो टोल तथा क्षेत्रलाई सफा र व्यवस्थित गर्न आग्रह गरे ।

jeb

सप्ताहको पहिलो दिन आइतबार सरसफाई कार्यक्रम गरिएको थियो भने दोस्रो दिन विद्यार्थीहरुलाई पदयात्रा गराइएको छ । तेस्रो दिन साईकल यात्रा, चौथो दिन फोटोवाक, पाँचौ दिन ऐतिहासिक हुलाक टिकट प्रदर्शन, छैंटो दिन महादेव पार्वतीको मन्दिरमा कलाकारहरुद्वारा जस्तो देख्यो त्यस्तै पेन्टिक गर्ने र अन्तिम दिनमा समापन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । पूर्खाले आर्जेका सम्पदाहरुको प्रचार प्रसार गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा उपस्थितहरूले जोड दिएका थिए ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank