सयौं जुनि मेरै मुटु हुन्छौ भने आउ भन्छु (गजल)
शनिबार, चैत्र ३, २०७४
- जय कुमार पौडेल

मनको एक पुकार सुन्छौ भने आउ भन्छु
सयौं जूनि मेरै मुटु हुन्छौ भने आउ भन्छु।
………………………………………………..
भुलेर तिम्रो मनले बितेका ति ज्वारभाटा
यी कुरा मनै मनले गुन्छौ भने आउ भन्छु।
………………………………………………..
तिम्रो हास्ने अधिकार समाजले खोसेपनि
मलाई तिम्रो साथी चुन्छौ भने आउ भन्छु।
………………………………………………..
नियतीले हिजो पारेको आलोघाउ बिर्सिदै
मलमले मेरो घाउ छुन्छौ भने आउ भन्छु।
………………………………………………..
कति राखु मनभित्र कथा ब्याथाहरु आज
सम्हालेर पिरतीमा थुन्छौ भने आउ भन्छु।
………………………………………………..
इक्षाहरु बलि नचढाउ एकल भए भन्दैमा
जूनिभरी मनमयल धुन्छौ भने आउ भन्छु।
………………………………………………..
पापी नजर तिमीतिरै छ निर्दयी दुनियाको
मायाको गाँठो सङै फुन्छौ भने आउ भन्छु।
………………………………………………..
साथ देउ तिम्रोलागि लड्छु अड्डा अदालत
प्रेममा माकुरी जाल बुन्छौ भने आउ भन्छु।
………………………………………………..
कति रुन्छौ पिडाले मन जलाई बन्धनभित्र
ए माया यो छातीमा रुन्छौ भने आउ भन्छु।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments