“”

भोका पेटहरुलाई गाँस होस नयाँ बर्ष

शनिबार, बैशाख १, २०७५



भोका पेटहरुलाई गाँस होस २०७५
नाङ्गा शरिरलाई कपास होस २०७५

…………………………………………

नेताले देशको प्रगती गर्दै गरिब हेरुन
सुकुम्बासीलाई घरबास होस २०७५।

…………………………………………

बिछोडिएका नाता गोताहरु मिलोस
सुख र खुसीको उल्लास होस २०७५।

…………………………………………

घरघरमा पारीवारिक कलह मेटियोस
मधुर सम्बन्धको बतास होस २०७५।

…………………………………………

ईस्वरले नि ठुलै चमत्कार गरुन यहाँ
दीनदुखीहरु बाच्ने आस होस २०७५।

………………………………………..

 

दुई सन्तान ईस्वरको बरदान याद गर
प्रेमी र प्रेमिकालाई खास होस २०७५।

………………………………………..

 

देश चलाउने कपुतमा बुद्धि पलाओस
नेपाल,नेपालीको बिकास होस २०७५।

………………………………………..

 

सम्पुर्ण नेपालीलाई हार्दिक शुभकामना
२०७४का शत्रुहरु बिनास होस २०७५।

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank