युवकद्वारा किशोरीमाथि ७० पटक चक्कु प्रहार, आन्द्राभुँडी समेत बाहिर

बुधबार, मंसिर १८, २०७६



एजेन्सी । भारतको जवलपुरमा घटेको  पछिल्लो एक दर्दनाक घटनाले पुनः भारतमा खलबली मच्चाएको छ । यसअघि हैदरावादमा  घटेकाे बलात्कार घटना चर्चामा रहेकाे थियो  । जवलपुरको कुदवारी गाउँमा भएको यस घटनाले सारा भारत नै हलचल मचाएकाे छ ।

एक युवकले एक किशोरीको हत्या गरेका छन् । भारतीय सन्चार माध्यमहरूले जनाए अनुसार एकतर्फी प्रेममा पागल केटाले किशोरीमाथि ७० पटक चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट किशोरीको आन्द्रासमेत बाहिर आएको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार २४ वर्षीय शिवकुमार चौधरी नाम गरेका  युवकले किशोरीको घरमै पुगेर चक्कु प्रहार गरेका थिए । सोमबार दिउसो उनी ति किशोरीको घरमा पुगेका थिए ।

घर पुगेपछि भित्रपट्टीबाट कोठाको ढोका बन्द गरे र किशोरीमाथि ७० पटकसम्म चक्कु प्रहार गरे । त्यसपछि किशोरीको आँखासमेत फुटाए । एकपछि अर्को प्रहार गर्दैजाँदा किशोरीको  आन्द्राभुँडी समेत बाहिर निस्केको बताइएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित खबर अनुसार ती सन्की युवक १० दिन पहिले मात्रै जेलबाट रिहा भएका थिए । शिवकुमार मृतक किशोरीसँग एकतर्फी प्रेममा पागल भएको जानकारहरूले बताएका छन् ।

तीन महिना पहिला किशोरीसँग अश्लिल हर्कत गरेपछि प्रहरीले पक्रेर जेल पठाएको थियो । जेलबाट छुटेका शिवकुमार बदला लिन किशोरीको घर गएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata