अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

शनिबार, मंसिर १५, २०७५



काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ बर्षको उमेरमा निधन भएको छ ।  अमेरिकाका पूर्वराष्ट्रपति रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका छन्।

पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुश सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति रहेका थिए ।अमेरिकाका ४१ औँ राष्ट्रपति एच डब्लु बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो ।

उनकाे निधन प्रति अमेरिका  पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै भनेका छन्, ‘अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको छ  । उनलार्इ गुमाउँदा  हाम्रो मन आज निकै भारी भएको छ ।’  पूर्व राष्ट्रपति बुशका े निधनकाे खबर पछि विश्व भरका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

 

 

287 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank