जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा

मङ्लबार, फाल्गुन २१, २०७५



काठमाडौँ । जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ ।’ मन्त्रालय स्रोतले भन्यो,‘त्यसअघि भाषा परीक्षा हुन्छ ।’

विदेशी नीति पारित गरेसँगै नेपाल सहित ९ वटा देशबाट एकैचोटी कामदार लैजाने प्रक्रिया अघि बढाएको छ । जापानले नेपाल, चीन,इन्डोनेसिया, म्यानमार, मंगोलिया, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको हो ।

जापानले ५ वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरिरहेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank