दुई जापानी नागरिकलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध

सोमवार, बैशाख ९, २०७६



काठमाडौं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

यो समाचार आजको  अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata