२४६ प्याकेट ड्रग्स निलेका जापानी यात्रीको विमानमै मृत्यु

मङ्लबार, जेष्ठ १४, २०७६



एजेन्सी । उडिरहेको विमानमा लागूऔषध निलेका कारण एकजना जापानी नागरिकको मृत्यु भएको छ । २ सय ४६ थैली  लागूऔषध ‘कोकिन’ निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार ड्रग्सको अत्यधिक डोजको कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्या(सेरेर्बल इडेमा)का कारण उदो एन नाम गरेका यात्रीको ज्यान गएको हो।

उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गरियो । कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्यअनुसार साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका थैली  ती व्यक्तिको पेटमा रहेको पोस्टमार्टबाट देखिएको थियो।

एयरमोसिलियो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १ सय ९८ जना यात्री गन्तव्यसम्मको यात्रा गर्न पाएका थिए।

मेक्सिकोका संघीय अधिकारीहरूले घटनाको अनुसन्धानको जिम्मवारी लिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata