फलफूल उपहार दिएका कारण जापानी मन्त्रीको राजिनामा

शुक्रबार, कार्तिक ८, २०७६



एजेन्सी । जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि इसु सुगावाराले कानुन उल्लंघन गरेको आरोप लागेपछि राजीनामा दिएका छन्। सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको साप्ताहिक पत्रिका शुकान बुन्सुन लेखेको  थियो ।

उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ। जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ।

पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए।

जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो। सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो।

सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्। “म मेरो समस्याको कारणले संसद्‍मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए।

प्रधानमन्त्री सिन्जो अबेले भने: “उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु। म जापानी नागरिकहरूसँग माफी चाहन्छु।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata