जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो !

शुक्रबार, कार्तिक १, २०७६



एजेन्सी । जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिकारीहरूको बिहीबारको  विवरण अनुसार आँधीका कारण जापानमा  मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।

केही दिन अगाडि आएको विनाशकारी हागीबस आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ। यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ।

अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ। आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ।

त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ‍।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata