जनकपुरको चोकचोकमा दाउरा राखियो

शनिबार, पुस ५, २०७६



धनुषा । पछिल्लो दिनहरूमा मुलुकभर चिसो बढेको छ । अत्यधिक चिसोका कारण तराईको जनजीवन प्रभावित बनेको छ । जताततै शितलहरको कहर छ । मानिसहरूलाई घरबाहिर निस्कन पनि मुस्किल छ । घर नभएकालाई झनै कष्टपूर्ण छ ।

एक सातायता पूरै तराईमा शितलहरको प्रकोप शुरु भएको छ । सडकमा दिउँसै सवारी साधन बत्ती बालेर गुडरेहका छन् । चिसोबाट बच्न स्थानीयले प्रशासनसँगे राहत माग गरेका छन् ।

केही राजनीतिक दल र सघसंस्थाहरूले न्यानो कपडालगायतको सामग्री वितरण गरिरहेका छन् । राष्ट्रिय जनता पार्टीका महासचिव राजिव झाले जनकपुरधामको चोक तथा ग्रामीण वस्तीमा निःशुल्क दाउर वितरण शुरु गरिएको जानकारी दिए । स्थानीयले अगेनाका लागि चोक चोकमा दाउरा राख्न थालेका छन् ।

विगतका वर्षहरुमा जिल्ला वन कार्यालयसँग समन्वय गरेर ठाउँ ठाउँमा अगेना बाल्ने कार्य गरिन्थ्यो । जाडोबाट सबैभन्दा वढी विद्यालय जाने उमेरका बालबालिका प्रभावित भएका छन । विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति निकै घटेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments