जंगली च्याउ र सडक बालक

शनिबार, अशोज ६, २०७५

- अनल गौतम



भनिन्छ कहिले काहिं हामिले सुनेका कुरा र देखेका कुरा समेत सत्य हुन्नन् ।  तर कतिपय अवस्थामा सत्यतालाई पनि हामी नजर अन्दाज गर्छौ अनि असत्य माथी पनि सत्यताको खोजी गर्न थाल्छौं शायद । म काम बिषेशले केहि दिन देखी काठमाण्डौं उपत्यका बाहिरको यात्रामा थिएं ।  यस अघि मलाई कहिल्यै अनुभुत भएन तर आज भने कता कता काठमाडाै‌को न्याश्रो लागे जस्तै भएको थियो फर्कदाको बेलामा ।
कति बेला काठमाडौं पुगाै‌ भन्दै हतारीदै कुद्दै थियो मेरो गाडी ।  त्रिभुवन राजपथको असंख्य घुम्तीहरु हुँदै सुन्दर दृष्य, हरिया डाँडा काँडा अनि पर डाँडामाथी देखा पर्ने मनमोहक हिमालमा सधैं लोभिईने मन अहिले कतै नलागि मात्रै आफु पुग्नु पर्ने गन्तव्यमा मात्रै केन्द्रीत भएको छ आज । प्राकृतिक सुन्दरतामा असाध्यै वहकीने मन आज खास नरमाएकोले पनि होला अनि लगातार धरै घण्टा देखी गाडी चलाईरहेकोले पनि हुन सक्छ केहि थकित महशुस गर्दै थिएं म । काठमाडौंबाट बाहिरीदा म एक्लै निस्केपनि काठमाडौं  फर्कने बेला म सँगैकाठमाडौं जान मेरो छेउको सिटमा एक जना साथी पनि बसेको थियो ।
दक्ष कम्प्युटर प्राबिधिक मेरो साथी मलाई बाटामा अनेकानेक प्रश्नहरु सोध्दै थियो ।सदैव निकै व्यस्त रहने उसलाई काठमाडौं पुग्न मलाई भन्दा धेरै हतार भईरहेकोे थियो आज शनिबार भएता पनि । उसले काठमाडौंमा कसैलाई कहिं आफ्नो समय दिएको रहेछ । मलाई भने आज छुट्टीको दिन भएर फुर्सदिलो भएर पनि खै के ले पो हो कुन्नी कहिले काठमाडौं कति खेर पुगुं भईरहेको थियो । साथी र म दुबै जना त्रिभुवन राजपथ हुँदै हेटौंडाबाट काठमाडौंको लागि निस्केका थियौं ।
बिहान करीब ७ बजेको समयमा । जाडो याम थियो ।  आकाशमा बादल वा हुस्सु लागेको थिएन । निकै खुला मौसम । चिसो हावासँग सँगै खुबै आनन्दीत मस्तको घाम लागेको वातावरण ।  करीब ३ घण्टाको लगातारको ड्राईभ पश्चात हामी करीब १० बज्नै लाग्दाको समयमा दामन पुग्यौं । हिंड्ने बेला हेटौंडामा बिहान चिया मात्रै पिएर निस्केका हामीलाई भोक लाग्न खोजेको महसुस भएकोले दामनको प्रख्यात भ्यु टावर भन्दा अलि तलको होटलमा खाना खाने भयौं । दामन पुग्दा चिसो सिरेटो र पारीलो घाम दुबैले स्वागत गर्यो हामीलाई ।
केहि बेर होटल बाहिर राखिएको बेन्चमा बसी सुस्ताइ सकेर खाना खायौं हामिले ।
दामन पालुड प्राकृतिक सुन्दरताको रुपमा मात्रै अगाडी छैन् । यो क्षेत्रले तरकारी खेतीको ख्याती पनि उत्तीनै कमाएको छ । जति सुकै साना भए पनि खेतीयोग्य जमिन कहिल्यै बांझो रहँदैन यहाँ । असाध्यै मेहनती छन् यस क्षेत्रका आधुनिक कृषकहरु ।  रमाईलो घमाईलो वातावरणमा आनन्दीत मनले दामनको होटलमा बसी त्यहाँ स्थानिय उत्पादनको खुबै स्वादिलो खाना खाँदै गर्दा त्यसै होटलको काउण्टरको दाहिने कुनामा केहि फरक निकै अनौठो बस्तु देखें मैले । उक्त बस्तु करीब २ फुट उचाई र उत्ति नै मोटाई अनि उत्ति नै चौडाईको हुनु पर्दछ ।
कालो रंगको त्यो वस्तुको बाहिरी भाग एकदमै चिल्लो भएर टल्केको जस्तो लाग्थ्यो ।
वरिपरी खाल्टा खुल्टी भएर बिबिध आकृति बनेको झैं पनि देखीन्थ्यो । त्यस बस्तुको एक तर्फ भने करिब डेड फुट व्यास भएको खैरो रंगको केहि बाँगो टिंगो गोलो प्लेटको जस्तो सफा भाग थियो जसको छेउ प्लेटकै बिट झैं थियो । जहाँ मसिनो अक्षरले कसै कसैको नाम कोरेको पनि देखें मैले ।  स्वादिलो खाना खाँदै गर्दा पनि मन भने त्यो वस्तुमै अल्झी रह्यो मेरो । के होला यो अजिवको वस्तु भनि अचम्म लागेर खाना खाई सके पश्चात आफ्नो बिलको रकम भुक्तान गर्दै त्यो वस्तुलाई सुम्सुमाउँदै नियाल्दै होटलको साहुजीलाई सोधें । दाँत दुखेर बोल्न कठीन भईरहेको होटलको साहुजीले निकै गाह्राे गरी सिन्काले दाँत कोट्टाउँदै जब उक्त बस्तु जंगली च्याउ हो भन्नु भयो झनै अचम्भीत भएँ म ।
अहिले सम्म टिनको डिब्बामा तरकारी खाने सानो डल्लो, घरमा उमारीएका केहि फैलीएको अनि कहिले काहिं ओसीलो रुख बिरुवा मुनी देखेको सामान्य च्याउ बाहेक अरु च्याउहरुको बारेमा सोचेको पनि थिईन् कहिल्यै । त्यहाँको त्यो अजंगको च्याउ देखेर घोर आश्चर्यका साथ मनमा उठेका अनेकन जिज्ञासाहरु प्रकट गर्दै थिएं म अबिरल रुपमा होटलको साहुजिलाई ।  बिचरा उहाँ त्यसै त दाँत दुखेर छट्पटिदै हुनुहुन्थ्यो । बोल्ने अवस्थामा हुनुहुन्नथ्यो त्यै माथी मैले च्याउको बारेमा के के सोधेर गनगन गरीरहँदा कत्ति झर्को मानि रहनु भएको होला । तर पनि मैले आफ्नो प्रश्नको बहावलाई कम गरीन् ।
मेरा अनेकन प्रश्नहरुको उत्तरमा उहाँको दुई वटा मात्रैको जवाफले म झनै छक्क परें । उहाँले उक्त च्याउ यहिं वरिपरीको जंगलबाट ल्याईएको हो र करीब ५० बर्ष पुरानो हो भन्नु भयो । त्यस अजंगको सुकेर काठ बनि सकेको साह्रै हलुको वजनको बुढो जंगली च्याउ खेलाउँदै गर्दा झनै झनै आकर्षीत बन्दै गएं म त्यो च्याउ प्रति ।  जति हेर्यो उति हेरी रहुँ लागि रहेर नियाँल्दै जाँदा मलाई त्यो च्याउले केहि भन्न खोजीरहेछ की झैं लाग्यो । त्यो च्याउले मलाई लैजाउ यहाँबाट म यहाँ सामान्य होटलको सानो काउन्टरमा सजेको छु । म यहाँ अटेको छैन । म फैलन चाहन्छु । मलाई ठुलो ठाउँमा लगेर राख । मलाई यहाँ कसैले चिन्दैन । म धेरै भन्दा धेरै मान्छेहरुबीच चिनिन चाहन्छु । मेरो महत्व ठुलो छ भनेर म सँग गुहार मागि रहेको जस्तो भान भयो ।
मलाई झट्ट याद आयो । म सानो छदा मलाई मेरी आमाले कुनै धार्मिक पुस्तकमा भएको कथा सुनाउनु भएको थियो । कुनै एक राजाको घमण्ड नाश गर्न देवताले सानो माछोको रुप लिएर राजाले नदीमा नुहाउन लागेको बेला राजाको हातमा गई राजदरबारमा बस्न थाहन्छु मलाई अट्ने ठाउँ छ भनि माछोले सोध्यो । घमण्डी राजाले तिमी जस्तो तुच्छ जीवको लागि मेरो बिशाल दरबारमा स्थान हुँदैन र भन्दै दरबार लिएर गए । राजदरबारमा लगेर त्यो माछोलाई एउटा सानो पानीको भाँडोमा राखियो । बिस्तारै बिस्तारै माछोले आफ्नो आकार बढाउँदै लगेर दरबार नै ढाक्न थाले पछि राजाले माछो समक्ष माफी मागी उसलाई पुन समुद्रमै छोडे ।
म त्यो कथाको राजा झैं घमण्डी त छैन होला । न त म सँग घमण्ड गर्न क्षमता नै होला । तर पनि यो च्याउलाई यहाँ भन्दा अझै व्यवस्थीत रुपले राख्न र प्रदशर्नी मार्फत सबैलाई चिनाउन भने सक्छु भन्ने लागेर त्यस च्याउलाई आफु सँग लैजान मन लाग्यो ।  मैले कत्ती पनि अफ्टेरो नमानी सो च्याउ मलाई बिक्री गर्नका लागी अनुरोध गरें मैले होटलको साहुजीलाई । मेरो साथी दंग पर्दै भन्दै थियो । जति बर्षको जस्तो च्याउ भए पनि किन चाहियो तपाईलाई ? होस पर्दैन लिन भनेर तर मलाई अब त्यो च्याउ आफु सँग नलगि भएको थिएन । शायद यो मेरो हठ थियो वा च्याउ प्रतिको मोह ।
किन किन मेरो मन मन अड्क्यो त्यो अजंगको अनौठो च्याउमा जुन मैले आफ्नो जीवनमा कहिल्यै देखेको थिइन न त कल्पना नै गरेको थिएं ।  मैले च्याउ मलाई बिक्री गर्न अनुरोध गरीरहँदा होटलको साहुजीले यो बिक्रीमा नभएको भनेर अनेकन पटक पन्छीन खोजे । म उहाँ सँग कुरा गर्दा गर्दै उहाँ कहिले होटलको कुन कुनामा पुग्थे कहिले कहाँ पुग्थे । उनी जती जती मबाट पन्छीन खोज्थे मेरो हठ उत्तीनै बढ्दै थियो ।
यो च्याउ खरीद गर्न म सँग भएको पैसाले नपुगे मेरो घडी, मोबाईल जे राख्नु पर्छ राख्नुस तर मलाई च्याउ दिनै पर्छ भनेर उहाँको अगाडि आफ्नो पर्स थमाएर अनुरोध गर्दै अड्डी कसेपछि मेरो साथी, होटलको साहुजी, होटलका कर्मचारीहरु र त्यहाँ खानपान गर्न बसेका अन्य व्यक्तीहरु समेत छक्क पर्दै हेर्दै थाले मलाई ।
मलाई ती सबै कुराहरु सँग कुनै प्रवाह भएन । मलाई त बस् त्यो च्याउ आफ्नो साथमा चाहिएको थियो । जसरी पनि लिएर नै जान्छु भनेर जिद्दी गर्न थालें । खाना खाईवरी बिल समेत तिरेर निस्की सकेको मान्छे पनि बसें फेरी होटलकै काउन्टर अगाडि।  म च्याउ नलगी कुनै पनि हालतमा त्यहाँबाट जान तयार भईन् ।  मेरो जबरजस्तीको अनुरोधको कारण होटलको साहुजी शायद रिसले मुरमुरीदै अनि शायद कस्तो ग्राहक फेला परेछ आज भनि छक्क पनि पर्दै आफ्नो हात टाउकोमा राखेर हल्लाउन थाले ।
उहाँको दाँत दुखाइ थाहा पाएको थिएं मैले तर पनि उनको पिडाले मेरो एकोहोरोपनलाई कुनै असर गरीरहेको थिएन । मैले हद भन्दा माथी जिद्दी गरीसकेपछि भने उनि केहि गले शायद तर उनले त्यो च्याउ भने मलाई दिन कुनै पनि हालतमा मानेनन् । यसको सट्टा उनले आफ्नो कोठाको कुना कुना खोतल्दै मलाई अर्को त्यो भन्दा सानो अलि फरक खालको च्याउ दिएर लग्नुस यो भन्दै पन्छाउन खोजे ।
मलाई यो सानो च्याउले प्रति कत्ति पनि आकर्षीत गरेन । उनले ठुलो च्याउ नदिने नै भईसकेपछि औपचारीकताको लागी अनि ठुलोको मुल्य अनुमान गर्नका लागि पनि यो सानोको मुल्य कति हो भनेर सोधें । उनले त्यो सानो च्याउको पैसा चाहिंदैन भनेर लिन मानेनन् ।
नबुझीनु के पो थियो र । उहाँ त मात्र मलाई पन्छाउन खोज्दै हुनुहुन्थ्यो ।
मैले जती नै जिद्दी गरे पनि सम्पत्ती त उहाँकै थियो । अधिकार पुर्ण रुपमा उहाँकै थियो । उहाँले मलाई कुनै पनि मुल्यमा ठुलो च्याउ नदिने पक्का भएपछि आखीर म नै गल्न बाध्य भएं । मैले भनें, अहिलेको लागी यो सानो भए पनि ठिकै छ । नमुनाको लागी मात्रै लग्दैछु तर म त्यो ठुलो च्याउ नै केहि हप्ता पछि आएर लैजान्छु । त्यसको मुल्य तोकी राख्नुहोला भनि सानो च्याउ लिएर गाडीमा बसें ।
मेरो साथी शायद मलाई मुर्ख ठान्दै हास्दै मेरो छेउको सिटमा बस्यो ।
हामि पुनकाठमाडौं तर्फ आफ्नो बाटो लाग्यौं । अब मलाई बिबिध प्रश्नहरु गरीरहने मेरो साथी मेरो व्यवहारले केहि नबोली हाँस्दै थियो ।
मेरो अघि देखीको कृयाकलापले दंग परीरहेको साथी फर्कने क्रममा बाटो भरी मेरो त्यो च्याउको पृथकता र त्यसलाई प्रदर्शनिमा राख्ने योजनाको कुरा सुन्दा सुन्दै दिक्क लागेर थाकेको हुन सक्छ । सोहि कुराले शायद उसलाई निन्द्रा पनि लागेको हुन सक्छ । उ निदाउने कोशिस गर्दै थियो । तर म भने भने उसलाई झींझोल्दै मेरो मनमा उठेको च्याउ प्रतिको बिभिन्न कुराहरु र योजनाहरु सुनाउँदैमा व्यस्त थिएं ।
उ छक्क पर्दै थियो । के भएको होला, किन म त्यो जंगली च्याउ प्रति यत्ती धेरै क्रेजी भएको होला भन्ठानी ।  निकै बेर देखी उसको लागि बिल्कुलै बेकारको बिषय माथीको मेरो कथाको व्याख्यानले उ केहि खिन्न भावमा भन्दै थियो मलाई, होईन तपाईलाई भएको चाहिं के हो ? किन यती धेरै जिद्दी हुनुभएको ? उसको जवाफमा म मात्रै हासें । उसको टाउको हल्का सुम्सुमाउंदै । दामनबाट हिडेंको केहि समय सम्म पुन गाडी चलाई रहँदा म पनि केहि थाकेको जस्तो भएं । हामी दुबै जना कहिं कतै चिया पिउंदै आराम गर्ने ठाउँ खोज्न थाल्यौं । बसी हाल्न मन लाग्ने खालको कुनै ठाउं भने भेटेनौं हामिले दामन देखी केहि घण्टा लगातार दौडिरहेता पनि ।
हुन पनि त हेटौंडा देखी दामन पालुड सम्मको बाटोमा पाईने हरीयाली र पर देखीइने ढ्याप्प बसेको हिमाल अनि रमणीय दृष्यहरुले फुरुड्ड हुने मन पालुड कटेपछिको उराठ लाग्दा दृष्यहरुका कारण दिक्क पनि मान्दथ्यो । बल्ल केहि घण्टा पछि नौबिसे आईपुग्यो । हामी राजमार्गकै एक छेउमा गाडी रोकेर नौबिसे बजारमा चिया पिउन भनि एउटा होटलको बाहिर पेटीमा राखीएको बेन्चमा बस्यौं ।
मेरो मनले त्यो च्याउलाई एकै पटक पनि छोडेको छैन ।  अब कसरी त्यो होटलको साहुजीलाई च्याउको मुल्य र्निधारण गर्न लगाई खरीद गर्ने ? त्यसलाई कसरी उपयोग गर्ने ? गाडीबाट निस्केर पनि दामनको होटलको साहुजीले दिनु भएको सानो च्याउ हातमा खेलाउंदै यस्तै बिभिन्न कुराहरु सोच्दै चुरोट सल्काएर चुरोटको धुवां उडे जस्तै च्याउको प्रदर्शनिको बिचार उडाउदै बसको थिएं । एकोहोरो भएर । चिया अर्डर भईसकेको थियो, आई सकेको थिएन । शायद उम्लीने तरखरमा थियो ।  अचानक मेरो दाहिने खुट्टामा केहि बस्तु ठोक्कीएको महशुस गरें मैले ।
झस्केर हेरें, मेरो खुट्टा एउटा सडक बालक जस्तो लाग्ने करीब १२ बर्षको केटोले छोएको रहेछ ।  म होटलको पेटीमा बसेकोले होला उ उक्लदा ठेस लागेर मेरो खुट्टा छोईएको होला भन्ने लाग्यो मलाई । मैले सामान्य रुपमा लिएं । त्यत्ती वास्ता गरीन । त्यो बालकले मेरो च्याउ प्रतिको ध्यान भगं गरेकोले मेरो साथीलाई अघिल्तीर नदेखेर कहाँ गएछ भनि खोज्न थालें ।  उ अलि पर गएर मोबाईलमा कसै सँग कुरा गर्दै रहेछ एकोहोरो भएर ।  मलाई अघि छोएको त्यो बालक अलि पर गएर मलाई हेर्दै हाँस्न थाल्यो ।  म पनि अनौठो मान्दै हाँस्दै चुरोट अझ कसीलो सँग तान्न थालें । केहि बेरमा मेरो साथी मेरो नजरबाट ओझेल भएर कतै कुनामा बसेर शायद मोबाईलमा नै कुरा गर्दै थियो ।  म होटलको साहुनीलाई चिया पाकेन भनेर सोध्न मात्रै के थालेको थिएं पुनः त्यो बालक आएर मेरो खुट्टा छोएर मेरो मुख हेर्दै हात जोड्न थाल्यो ।  मलाई अचम्म लाग्यो ।
अघि त भुलबस वा ठेस लागेर ढोगीएको हुन सक्छ भन्ठानेको तर अहिले पनि फेरी किन यस्तो गर्दैछ उसले ? अब बल्ल कुरा बुझ्दै थिएं म । वास्तवमा उसले मलाई अघि छोएको होइन ढोगेको पो रहेछ ।  म कसैलाई खुट्टा ढोग्न दिन मन नपराउने मान्छे भएकोले उसलाई समातेर पन्छाउंदै केहि हप्काएको झैं गरी सम्झाउंदै थिएं यस्तो गर्नु हुंदैन भन्दै ।  यत्तीकैमा होटलको साहुनी दिदिले अंखोराको पानी ह्वात्तै छ्यापिन त्यो बालकलाई । भागिहाल यहाँबाट भन्दै गाली गर्दै धपाईन ।  मैले होटलको साहुनी दिदिलाई पनि हप्काएं, किन त्यो बालकलाई त्यस्तो व्यबहार गर्नु भएको ? म उ सँग कुरा गर्दै थिएं  । मेरो त्यो वालक प्रतिको जिज्ञासाको जवाफमा होटलको साहुनी दिदिले उसको सम्पुर्ण कुरा बेली बिस्तार लगाउन थालिन् उनले जाने सम्मका ।  उनको अनुसार त्यो बालकको काम नै त्यस्तै गर्ने रहेछ । जो सुकै बाहिरका व्यक्तीहरु आएमा तिनको खुट्टा ढोगी पैसा माग्ने रहेछ ।  मलाई पैसा माग्ने यो शैली पनि फरक लाग्यो जो अहिले सम्म देख्नु परेको थिएन मैले । अब मैले त्यो बालकलाई बोलाएर कुरा गर्ने बिचार गरें । उसको बारेमा सम्पुर्ण कुरा जान्न मन लाग्यो मलाई ।
मेरो साथी अझै फोनमै व्यस्त थियो शायद मैले नदेखीने गरी कतै कुनामा बसेर कुरा गर्दै थियो । अझै आईसकेको थिएन । मैले बोलाएपछि त्यो बालक हास्दै आफ्नो शरीर नचाउंदै अचम्मको हर्कत गर्दै मेरो सामु आयो ।  मैले उसलाई के चाहियो तिमिलाई भनेर सोधें ।  उसले कुनै जवाफ दिएन मात्र अनौठो हर्कत गरीरह्यो ।  मैले धेरै पटक उसलाई के चाहियो भनेर सोधी सकेपछि बल्ल केहि बेरमा म सँग उसले पैसा माग्यो ।  मैले पैसा दिन्न के खान्छौ खाने कुरा दिन्छु भन भनें । उ केहि बोलेन । निकै बेर सम्म चुपचाप मेरो अगाडी उभिरहेको उ अचानक फेरी मेरो खुट्टा समाउंदै मैले तान्दै गरेको चुरोट देखाउंदै म संग चुरोट माग्यो । म झस्कें । हत्त न पत्त उसलाई समाएर आफ्नो खुट्टा छुटाएर चुरोटको ठुटो फाल्दै उसलाई गाली गर्न थालें ।  उसलाई के चाहीयो तिमिलाई भन के खान्छौ ? चुरोट खानु हुदैंन भनें । कत्ति हाँसो लाग्दो कुरा गर्दै थिएं म ।
आफैं चुरोट तान्दै थिएं अरुलाई भने चुरोट खानु हुंदैन भन्दै सम्झाउंदै थिएं । उसले पुनः मेरो अगाडीको टेबुलमा रहेको चुरोटको प्याकेटमा औंला देखाउँदै चुरोट नै माग्यो जुन प्याकेट अघि मैले एक खिल्ली सल्काएर खल्तीमा राख्न र्बिसेको रहेछु । अब मलाई असह्रय भयो ।  म उसलाई राम्ररी सम्झाउन थालें । चुरोट खानु राम्रो हुदैंन भनेर फकाउन लागें । कुनै पनि हालतमा चुरोट खान दिन्न म । बिस्कुट चाउचाउ के खान्छौ भन भन्दा उ मानी नमानी बल्ल बल्ल कोक खान्छु भन्न थाल्यो ।  मलाई उसलाई कोक खान दिन पनि मन लागेन बरु कोक भन्दा जुस खाउ भन्दै चिया अझै नआईसकेको र मेरो साथी पनि आईसकेकोले तिन वटा जुस मगाएं ।  उसलाई एउटा दिएर हामी दुबै चिया नआउन्जेलको लागी जुस पिउन थाल्यौं । उ रमाउँदै जुसको बट्टा हावामा उडाउंदै बाटोको छेउ तिर लाग्यो । निकै बेर लगाएर चिया आइपुग्यो हाम्रो टेबुलमा । हामि जुस पिईसकेर चिया पिउंदै थियौं । मलाई केहि बेरमै देखीएको अर्को दृष्यले झनक्क रिस उठ्यो ।  अघि मैले जुस दिएको बालक त अहिले दुधको प्लाटीकमा डेन्डराईट भरेर डेन्डराईटको राग पो तान्दै रहेछ ।  मलाई बुझ्न गाहे भएन । मैले दिएको जुस बेचेर उसले त्यो डेन्डराईट खरीद गरेछ वा जुस संग साटेछ ।
मैले काठमाडौंको ठमेलका गल्लीहरुमा यस्ता दृष्यहरु दैनिक देख्दै आएको थिएं । बिदेशी पर्यटकहरुले दिएका पैसा त छदैंछ बिस्कुट जुसहरु समेत छेउछाउका पसलमा साटेर पैसा लिएका सडक वालवालीकहरु । सहयोगी संस्था अनि व्यक्तीले दिएका खाना अनि कपडाहरु फाल्ने गरेकाबालबालिकाहरु। पुनस्थापना केन्द्रमा लगेर पनि भागेर पुन सडकमै सडक बालक वा चल्तीको संज्ञा “खाते” बन्न चाहेका बालबालिकाहरुको जमात र तिनको व्यवहार नजिकबाट नियालेको थिएं मैले । मलाई भाउन्न भएर आयो । ठमेल त छदैं थियो तर नौबिसे जस्तो सानो ठाउँमा समेत यस्तो होला भन्ने कल्पना समेत गरेको थिईन मैले । अब म उभिएर ठुलो ठुलो स्वरमा कराउन थालें, मैले भर्खरै जुस दिएको बालक संग जुस साटेर कसले दियो डेन्डराईट ? कसले यि कलिला बालकहरुलाई यस्तो कुलतमा फस्न सहयोग गर्दैछ भन्दै ।
मेरो आवेशमा निस्केको ठुलो ठुलो स्वर सुनेर वरीपरी केहि मानिसहरु जम्मा भए ।
ती
मध्ये एक जना बृद्द आमाले सम्झाउन थाल्नु भयो मलाई, बाबु त्यो केटो पुर्ण रुपमा बिग्रीसकेको छ । सबै जनासँग यस्तै गरी पैसा माग्छ । यसले नखाने लागु औषधका कुराहरु केहि छैन । यसको बानी नै बिग्रीसक्यो भयो छोडीदिनुस कुरा अघि नबढाउनुस भन्दै ।  म चाहिं अझै पनि कराउन छोडेको थिईन । म चिच्चाउंदै थिएं, जुन समाजमा तपाई जस्ता जाने बुझेका मानिसहरुले बालबालिकाहरुलाई गलत बाटो हिड्न उल्टो मद्दत गर्नु हुन्छ अनि कसरी सहि बाटोमा लाग्न सक्छन यीनीहरु भन्दै । मलाई अन्तमा मेरो साथीले सम्झाउन थाल्यो । उ भन्दै थियो, तपाई अहिले एक्लै यहां कराएर केहि हुने वाला छैन । शान्त हुनुस, चुप लाग्नुस ।  म केहि बेरमा अलि शान्त भएर त्यो बालकलाई पुनः बोलाउन थालें अब उसलाई यहाँ राख्दीन म सँगै लैजान्छु अनि सहि बाटो चिनाउँछु, उसलाई पढाउँछु भन्दै । म उसलाई बोलाउदै थिएं । उ मैले बोलाएको सुने नसुने झै गरी यो चिसो मौसममा पनि आफुले लगाई रहेको ज्याकेट खोलेर भुईमा पछार्न थाल्यो ।
मैले हेर्दा हेर्दै बाटोमा रोकीएको अर्को कारको मानिसलाई के के भन्दै त्यो कारको सिसा पुछेको जस्तै गर्दै पैसा माग्न थाल्यो ।
मलाई फेरी तिनै बृद्दाले सम्झाउन थालीन, बाबु यसलाई निकै पटक भिन्न भिन्न मानिसहरुले काठमाडौं लिएर गईसक्नु भएको छ । फेरी पनि फर्केर वा भागेर यहिं आउँछ । नयाँ अरुले दिएका कपडाहरु पनि यस्तै भुइमा पछार्दै फटाउँछ र फाल्छ त्यसैले भैगो छोडिदिनुस यसलाई यहि हालतमा तपाई जानुस भन्दै । म त्यहिंबाट मेरा सम्पर्कमा भएका केहि सामाजीक क्षेत्रमा काम गर्ने साथीभाईहरुलाई सम्पर्क गरी यो बालकको लागी के गर्न सकिन्छ भनि सल्लाह गर्न थालें ।
मेरा साथीभाईहरुले कुनै पनि वालवालीकालाई उसको परिवारको मन्जुरी बेगर वा कानुनी प्रावधान पुरा नगरी कतै पनि लैजाँदा निकै धेरै समस्या आई पर्ने र राम्रो उद्देश्य लिइ गरेको कामको समेत परिणाम नराम्रो निस्कन सक्नेमा मलाई सचेत तुल्याउंदै थिए ।
उनीहरु मलाई जोशमा कुनै पनि काम नगर्न सुझाउंदै थिएं । मैले सम्झें । हो नि हुनत ।आमाघर चलाईरहनु भएकी पुर्ण समाजसेवी दिल शोभा श्रेष्ठ माथी पनि त हालै मात्रै निकै लाञ्छना लगाईएको थियो । आफुले आफ्नो जीवन समाजको लागी समर्पीत गरी यसरी काम गर्दा पनि गतल आरोप लागेको भन्दै स्पष्टीकरण दिईरहनु हुँदा उहाँका आँखाबाट आँशुका बलिन्द्र धारा बहंदै थिए । मैले पनि साथीहरुको सल्लाह बमोजिम यो कुरा हाल अघि नबढाउने बिचार गरें । तर तत्काल त्यो बालकको लागि मैले केहि गर्न नसकेकोमा निकै हिनताबोध भयो ।
बडो अनौठो पैसा माग्ने कला भएको त्यो बालकको क्षमतामाथी शंका गर्ने कुनै ठाउँ नै छैन तैपनि उसको त्यस्तो हालत देखेर म बडो गहैं मन लिएर ती  ठमेलका गल्लीहरुका सडक बालबालीकाहरुलाई सम्झदै फर्कें त्यहाँबाट ।
त्यो बालकसँग बिहान देखेको जंगली च्याउलाई  दाज्न थालें । तिनका समानता र भिन्नताहरु सोच्न थालें । तुलना गर्न थालें तीनमा ।
५० बर्ष पुरानो सुकेर काठ बनि सकेको अजंगको एउटा जंगली च्याउ र १२ बर्षको बाटो बिराएको सडक बालककोबीचमा । धिर्कान थालें, त्यो सुकेर काठ बनि सकेको जंगली च्याउलाई बहुमुल्य मानेर सजाईएको अनि यो भर्खरको कलिलो बालकलाई बेकार ठानी समाजबाट पन्छाईएको हाम्रो मानवीय सोचमा ।
380 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank