सांसद अपहरण काण्ड: सरकारी वकिल कार्यालयले समेत जाहेरी लिएन

मङ्लबार, बैशाख १६, २०७७



काठमाडौँ । जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादव अपहरणबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जाहेरी लिन अस्वीकार गरेको छ ।

सत्तारुढ दलका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्बेन्द्र खनालको नाम किटानी लिएर जाहेरी दिन गएका सांसद यादव सहित यादव सहित दर्जनौँ नेता कार्यकर्ता सरकारी वकिल कार्यालयले पुगेका थिए ।

यस अघि आइतबार महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन नमानेपछि उनीहरू जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । जाहेरी लिन अस्वीकार गरेपछि जनता समाजवादीका नेताहरू आन्दोलित बनेका छन् ।

मुलुकी फोजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार जाहेरी दरखास्त वा सुचना दर्ता नगरेमा उजुरी गर्न सक्ने प्रावधान छ । जस अनुसार(१) दफा ४को उपदफा (१)बमोजिम दिएको जोहरी दरखास्त वा सुचना सम्बन्धीत जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सुचना दर्ता गर्ने व्यक्तिले त्यस्तो ब्यहोरा खुलाई सम्बन्धीत जिल्ला सरकारी वकिल कार्यलय वा त्यस्तो जाहेरी दरखास्त वा सुचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालय भन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा दरखास्त वा सुचना सहित उजुरी गर्न सक्ने प्रावधान स्पष्ट छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments