नागभुषण महादेव मन्दिरलाई जनता बैंकले गर्यो डेढ लाख सहयोग

मङ्लबार, भदौ २४, २०७६



काठमाडौं । जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १ रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ ।

 बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत  सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष  विष्णु कुमारी सिंखडालाई डेढ लाखको रकमको चेक हस्तान्तरण गरेका छन । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।

उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकमप्रदान गरेको हो ।

जनता बैंकले हाल मुलुक भरमा १४२ शाखा ५० शाखा रहितबैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंगइकाई मार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata