जनता बैकको सेवा अब बेलायतबाट पनि

आइतवार, माघ १३, २०७५



काठमाडौं । ‘‘नेपाली जनताको बैंक, जनता बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता बैंक नेपाललिमिटेडको आन्तरिक रेमिट्यान्स सञ्जाल देश भित्रकै ठूलो मध्येको रहेको छ ।

बैंकले यसै आर्थिक बर्ष देखि भारत लागयत अन्य देशबाट समेत इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा बराक साजन एक्स्चेन्ज लिमिटेड, बेलायतसँग संझौता गरी संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याइएको छ । बराक साजन एक्स्चेन्जलिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्थाहो ।

भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ठूलो समुदायमाएक्स्चेन्ज सेवा पु¥याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो संझौता सँगै पहिलो पटक नेपाली समुदायमा पनि सेवाप्रारम्भ गर्ने भएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेडले निकट भविष्यमै पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ । उक्त सेवा पश्चात ति मुलुकमा रहेका नेपालीहरुले समेत जनता रेमिट मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिनेछ । यस अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवारेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

जनता बैंकले देश भरीमा १२९शाखा सञ्जाल, ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट सरल र सहजर सरल रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

199 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank