जनता बैंकको कारोवार अव इलाम शाखाबाट पनि

शुक्रबार, बैशाख २१, २०७५



इलाम । जनता बैंक नेपाल लिमिटेडको ईलाम शाखाबाट पनि कारोवार सुरु गरेको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा रहेको शाखा बैंकको १०८ औं शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरूमाझै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा लिन सकिने बैंकले जनाएको छ ।

ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यावसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

यस सँगै जनता बैंकको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank