जनता बैंक नेपालद्वारा चार स्थानमा शाखा विस्तार

शुक्रबार, मंसिर २९, २०७४



काठमाडौं । बैंकिङ पहुँचलाई ग्रामिण स्तर सम्म पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले चार स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । सर्लाहीको हरिवन,रौतहटको चन्द्रपुर, नुवाकोटको बट्टार र तनहुँको दमौलीमा गरी बैंकले चार स्थानमा आफ्नो शाखा विस्तार गरेको हो । यि शाखाहरु मध्ये हरिवनशाखा र बट्टार शाखाबाट यही कार्तिक २३ गते देखि कारोवार सुरु गरेको छ भने चन्द्रपुर र दमौली शाखाले विहिबारदेखी कारोवार सुरु गरेको छ ।

चन्द्रपुर शाखाको उद्घाटन बैंक संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझी र रौतहट क्षेत्र नं. ४ का नवनिर्बाचित सांसद देवप्रसाद तिमल्सेनले संयुक्त रुपमा गरे । यसैगरी हरिवनशाखाको संचालक रामबहादुर भण्डारी र हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई, बट्टार शाखाको संचालक लङ्कबहादुर के.सी. र बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डीत र दमौलीशाखाको संचालक चिरञ्जी वीद्वा र ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष, संचालक, कार्यकारी प्रमुख तथा अतिथिहरुले मन्तब्य राखेका थिए ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडले पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९० शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ । बैंकको हाल रु. ५१ अर्ब ७७ करोड निक्षेप र रु. ४७ अर्ब ९१ करोड कर्जा कारोवार रहेको छ भने बैकले हालै घोषणा गरेको १४.४ प्रतिशत बोनस शेयर वितरण गर्दा चुक्तपुँजी रु. ८ अर्ब ७ लाख हुनेछ यस सगै राष्ट्र बैंकले तोकेको पुँजी सीमा यसै आर्थिक बर्ष देखि पुरा हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata