कोहलपुरबाट पनि जनता बैंकको कारोबार सुरु

सोमवार, बैशाख ३, २०७५



काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको शाखा विस्तारको निरन्तरतासँगै सोमबारदेखि कोहलपुर शाखाबाट कारोवार सुरु गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११, बाँकेमा रहेको शाखा बैंकको १०८औं शाखा हो भने बाँके जिल्लाको दोस्रो शाखा हो ।

यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

68 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank