जनाता बैंकको ९४ औं एटिम सेवा धनगढीबाट शुरु

सोमवार, फाल्गुन २७, २०७५



धनगढी । जनता बैंक नेपाल लिमिटेडको सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थितनिसर्ग अस्पताल परिसरबाट एटिएम सेवा शुुरु भएको छ । यो बैंकको ९४ औं एटिएम सेवा हो ।

एटिएम सेवाको एक समारोहकाबीच धनगढी उपमहानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरे । यस क्षेत्रका ग्राहकहरुलाई नगदकारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।

यो सगै  बैंकको पूर्व मेचीदेखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसनकाउन्टर सञ्चालनमा रहेकाछन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको बैंकले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank