जनता बैंकको नयाँ शाखा नवलपरासीको बौदीकालीमा

सोमवार, साउन २८, २०७५



काठमाडौं । जनता बै‌ककाे नयाँ शाखा नवलपरासीकाे बाैदीकाली गाउँपािलकामा स्थापना भइ सेवा सुभारम्भ भएकाे छ ।   वित्तीय सेवा मार्फत पनि संघीयतालाई  दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ् सेवा ७६६ स्थानीयतहमा पुग्नुपर्ने नियमन र सरकारको चाहना अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पु¥याई बैंकिङ् क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हाे ।

बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२औं शाखा हो ।नवलपरासी जिल्लाको विकट भौगोलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास लिइएको छ ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनिनिक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments