जनता बैंक र आइमार्क प्रालिवीच PoS सेवा सम्बन्धी सम्झौता

बुधबार, जेष्ठ २३, २०७५



काठमाडौं । जनता बैंक र आइमार्क प्रालिवीच PoS सेवा सम्बन्धी सम्झौता भएको छ । नेपाल सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैं जनता बै‌क नेपाल लिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद् भई देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट उक्त सेवा सञ्चालनमा ल्याएको हाे ।

उक्त सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंकमा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिटकार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् ।

जनता बैंक नेपाल लिमिटेडका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्क प्रा. लि. का प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले PoS  सेवा सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank