जनता बैंकको रुपनीमा शाखा विस्तार

सोमवार, बैशाख ३१, २०७५



काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सप्तरीको रुपनीमा शाखा विस्तार गरेको छ । शाखा विस्तारको क्रमलाई निरन्तरता दिदै‌ जनता बैंकले सोमबारेदेखि रुपनी शाखाबाट कारोवार शुभारम्भ गरेको छ ।

सप्तरी जिल्लारुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा स्थापनागर्ने नीति अनुसार शाखा विसतार गरेको बैंकले जनाएको छ । उक्त शाखाबाट सप्तरी जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६ वटा गा.वि.स. समेट्ने छ ।
सो शाखाले कारोवार गर्ने क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गने अपेक्षा लिएको बैंकले बताएको छ । बैंकले सो क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुलाई शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहजबनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षालिएको छ ।

यस सँगै जनता बैंकका शाखा सञ्जाल एक सय १० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

81 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank