जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब यहि मसिर  २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चातग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।

यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुको सुविधाका लागि यी दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने व्यहोरा सहर्ष जनाइएकाे छ ।

मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भरहेको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata