तिलाठी कोइलाडीको बस्ति निर्माणमा जनता बैंकको सहयोग

शुक्रबार, अशोज १०, २०७६



काठमाडौं । वि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुवर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लि. (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

photo 3

वि.सं. २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहरबस्तिका जनताहरुको आवास पुनः निर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो ।

photo 1नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त वस्तीमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त वस्ती मिति २०७५, साल कार्तिक २७ मा पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यूबाट हस्तान्तरण भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata