जनता बैंकले लाभांश वितरण गर्ने

सोमवार, अशोज ६, २०७६



काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको मिति २०७६ आश्विन ५ गते आइतवारका  बसेको सञ्चालक समितिको २९१ औं बैठकले आ.ब. २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफा रकम रु. १,३१,०८,४७,६०३ अक्षेरुपी एक अर्ब एकतिस करोड आठ लाख सतचालिस हजार छ सय तिन रुपैया मात्र रहेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्तापूँजी रु. ८,००,०७,८५,९२५ को १२ प्रतिशतले हुनआउने रकम रु. ९६,००,९४,३१०.९४ अक्षरेपी छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस रुपैया र चौरानब्बे पैसा मात्र लाभाँश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित १२ प्रतिशतमध्ये ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभाँश वितरण गरिनेछ भने नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभाँशबाट कट्टा गरिनेछ  ।

बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata