जनता बैंकद्वारा भक्तजनलाई निशुल्क पानी वितरण

आइतवार, भदौ ८, २०७६



काठमाडौं । जनता बैंकले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार पाटन कृष्णमन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्णधाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।

उक्त दिन दुबै धाममा हजारौ भक्तजनहरु वर्त बसी कृष्ण भगवानको दर्शनका लागि आएका थिए । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्धपानी र ग्लुकोज पानी उपलब्ध गराइएको थियो ।

सोही अवसरमा बैंकले हरेकृष्णधाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्कभोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata