जनता बैंकले नयाँ शाखा ललिपुरको खुमलटारमा

सोमवार, असार ३०, २०७६



काठमाडौं । जनताहरुको लोकप्रिय बैंक जनता बैंकले आफ्नो शाखा विस्तार गर्दै सेवा विस्तार गरिरहेको छ । सोही सन्दर्भमा बैंकले सोमबार ललितपुर जिल्लाको खुमलटारमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका छन । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजालले जनाएको छ ।

यो शाखा सहित जनता बैंकको १४२ शाखा पुगेको छ । काठमाडौं उपत्यकामा यो २४ औं शाखा हो । यस अतिरिक्त बैंकले १०८ एटिएम, ५०शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata