कर्मचारीको क्षमता अभिबृद्धिका लागि जनता बैंक र एलएएनबीच सम्झौता

आइतवार, असार ८, २०७६



काठमाडौं । जनता बैंक र Leadership Academy Nepal (LAN) बीच कर्मचारीको क्षमता अभिबृद्धि र नेतृत्व बिकासका तालिमका लागि सम्झौता भएको छ । जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई लक्षित गर्दै क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धिअन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र Leadership Academy Nepal (LAN) बीच संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र LAN का फाउण्डर तथाCTO अरुण राज जोशीले हस्ताक्षर गरेका छन ।

Leadership Acadey Nepal (LAN)ले Rice University Business School, USA स्तरीय तथाअन्तराट्रिय स्तरको सिप बिकास,ब्यबसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा इलष्लिभ ऋयगचकभ, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ । LANबिशेष गरी Advance Leadership Program, Executive Leadership Program, Online Rice Delivery जस्ता कार्यक्रम मार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धिहुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata