जनता बैंकका ६ शाखाहरुबाट एक साथ कारोवार शुुभारम्भ

बुधबार, जेष्ठ २९, २०७६



काठमाडौं । जनताको जनप्रिय बैंक जनता बैंकले देशको ग्रामिण तहसम्म बैकिंङ पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको छ ।

जनता बैंक नेपाल लिमिटेडले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखाको संञ्चालन गरेको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले गरे । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशब बहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा जानकारी दिए ।

त्यस्तै फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले समुद्घाटन गरेका छन् ।

नयाँ खोलिएका शाखाहरुबाट सो क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने बैंकले जनाएको छ ।

स्वास्थ्य शिविर सम्पन्न

यसैबीच तनहुँको डुमेमा शाखा उद्घाटनसँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ ।

स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब दुई सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

यस सँगै जनता बैंकका शाखा संजाल पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यस सँगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata