हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्री प्रबन्धक  क्यापिटल नियुक्तमा जनता

मङ्लबार, जेष्ठ २१, २०७६



काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हिमालयन हाइड्रोले रु. १००/(अंकित दरको २२ लाख ५० हजार कित्ताको२२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो जसमध्ये ९ लाखकित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।

आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपिओ निष्काशन सम्बन्धि सम्झौता लिखतमा मंगलबार हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट ऐ.का संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट ऐ. काकार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी(RTS) कारोवार शुरु गरिसकेको छ ।

जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानी ब्यवस्थापन सेवा(Portfolio Management Service) सञ्चालन माल्याउने तयारी गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata