जनता बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

बिहिबार, जेष्ठ १६, २०७६



विराटनगर । जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रा.लि. र विराटनगरबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।

संझौता पत्रमा हाम्रो अस्पतालका सञ्चालक डा. शंंकर प्रसाद अधिकारी र बैंकको तीन पैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका छन् । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ ।

यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank