जनता बैंक अब झापाको दमकमा पनि

बिहिबार, मंसिर ३०, २०७३



झापा । जनता बैंक नेपाल लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा झापाको दमकमा आफ्नो ३८औं शाखा सञ्चालनमा ल्याएको छ । सो दमक शाखाको समुद्घाटन  बैंकका सञ्चालक केशवबहादुर रायमाझीले गरे ।

गत आर्थिक बर्ष बैकले झण्डै ३२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले यस आर्थिक वर्षभित्र सिराहाको लहान, महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत उपयुक्त स्थानहरुमा शाखाहरु थ्प गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने, बचत निक्षेप संकलन र कृषि तथा साना उद्यम कर्जा परिचालनमा जोड दिने र बैंकको मुनाफामा थप अभिबृद्धि गर्ने बैंकको योजना रहेको छ ।

747 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank