जनता बैंकको सहयोग आँखा अस्पताल देखि पुस्तकालयसम्म

मङ्लबार, बैशाख ३१, २०७६



काठमाडौं । नेपालीहरुको लोकप्रिय बैंक जनता बैंकले भरतपुर आँखा अस्पताललाई भौतिक सामाग्री र वीरेन्द्र विद्यामन्दिर क्याम्पस टीकापुर, कैलालीलाई पुस्तकालय सहयोग गरेको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल,चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफा मुलक अस्पताल हो । यस अस्पतालले चितवन लगायत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।Photo 2 (1)

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank