जनता बैंकको नवौं साधरण सभा सम्पन्न

सोमवार, पुस ३०, २०७५



काठमाडौ ।  जनता बैंक नेपाललिमिटेडको नवौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा अनुपमफुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा सम्पन्न भएको छ ।

नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चितमुनाफा समेतको रकमबाट शेयर धनीहरुलाई रु. ६८,००,६६,८०३.२५ (अक्षरेपी अठ्सट्ठी करोड, छैसाठी हजार आठ सय तीन र पैसा पच्चीस मात्र) बराबर अर्थात चुक्तापूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समिति स्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपस मा गाभ्न/गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभाको मिति सम्म आईपुग्दा बैकको निक्षेप संकलनरु. ६८ अर्ब र कर्जा लागानीरु. ६३ अर्ब पुगेको छ । बैकको पूर्व मेची देखी पश्चिम महाकालीसम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ। बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमारु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफलभएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments