जनता बैंक विशेषज्ञ संचालकमा सैंजु नियुक्ती

बिहिबार, मंसिर ६, २०७५



काठमाडौं । जनता बैंक विशेषज्ञ संचालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छिनन् । संचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको हो ।
निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो ।

संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उहालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मानायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् ।

बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने विश्वास लिइएको छ ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank