जनता बैंकले थाल्यो भारतबाट रेमिट्यान्स सेवा

मङ्लबार, कार्तिक १३, २०७५



काठमाडौं।‘‘नेपाली जनताको बैंक, जनता बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ ।

‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोवारको लागिएक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरु मार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ ।

एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६शाखाको अतिरिक्तकरिव १७हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गर्ने लक्ष लिएको बैंकले जनाएको छ ।
जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल,४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank