जनता बैंक अब हेटौडामा

बिहिबार, पुस ७, २०७३

loading...


हेटौडा । जनता बैंक नेपाल लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा मकवानपुरको हेटौडामा आफ्नो ४० औं शाखा सञ्चालनमा ल्याएको छ ।

हेटौडा शाखाको समुद्घाटन एक समारोहकाबीच व्यवस्थापिका संसदका सांसद एवं यस बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरे । सो अवसरमा जनता बैंकका सञ्चालकद्वय भीमानन्द ढुङ्गाना र ईरामचन्द्र शाहको पनि उपस्थिति थियो ।

हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ४० वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखासहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले यस आर्थिक वर्षभित्र महोत्तरीको बर्दिवासमा शाखा थप गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखासहित बैंकिङ इकाइहरु स्थापनागर्ने, बचत निक्षेप संकलन र कृषितथा साना उद्यमकर्जा परिचालनमा जोड दिने गर्ने बैंकको योजना रहेको छ ।

420 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv