सर्लाही गोलीकाण्डले पञ्चायती बर्बरताको झझल्को दिएको छ: पूर्वगृहमन्त्री शर्मा

आइतवार, असार ८, २०७६



काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले सर्लाहीमा भएको गोली काण्डले पञ्चायती बर्बरताको झझल्को दिएको बताएका छन ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वगृहमन्त्री शर्माले गत ५ गते सर्लाहीको लालबन्दीमा दोहोरो भिडन्तका नाममा नेत्र विक्रम चन्द (विप्लव) समूहका इन्चार्ज कुमार पौडेलको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्नेमा जोड दिए ।

सरकारी पक्षको दोहोरो भिडन्तको नाममा गोली हानेर मान्छे मार्ने काम सही नभएको बताउँदै उनले भने, उक्त घटनाले पञ्चायती बर्बरताको झझल्को दिएको छ । उनले थपे, हातखुट्टा भाँचेर मारिएको भन्ने कुरा बाहिर आएको छ । तुरुन्तै गृहमन्त्रीलाई बोलाएर यथार्थ कुरा के हो हामीलाई जानकारी गराउनुपर्‍यो ।

समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री राम बहादुर थापालाई भोलि बैठकमा बोलाइने जानकारी दिइन् ।

कांग्रेस सांसद डीला संग्रौलाले पौडेलको मृत्युका विषयमा जनतस्तरबाट प्रश्न उठेको भन्दै छानविनको माग गरिन । उनीहरुले यस्ता घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने शंका व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata