जलेश्वर–जनकपुर बाटो अवरुद्ध

बुधबार, बैशाख २६, २०७५



 

गौशाला
भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।

जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो अवरुद्ध भएको हो । जनकपुरदेखि जलेश्वर र भिट्ठामोडसम्म पूरै बाटोभरि नै माटैमाटो रहेको बेला पानी परेपछि सवारी साधान फस्ने डरले आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटोभरि पानीले गर्दा हिलैहिलो भएकाले कुनै पनि बस, जीपका साथै मोटरसाइकलसमेत चलेको छैन ।

भीषण पानी पर्दा लाखौँको क्षति

महोत्तरी जिल्लामा गएराति भीषण पानी पर्दा लाखौँको क्षति भएको छ ।तेज हावा, हुरीसँगै आएको असिना पानीले जिल्लाका दर्जनौँ घर, विद्यालयको छाना उडाएको, रूखबिरुवा र बिजुलीका पोलहरुसमेत ढलेको प्रहरीले जनाएको छ । तीव्र गतिमा आएको हुरी, बतास र असिना पानीले जिल्लाको सयौँ बिघा जग्गामा लगाएको तरकारी बाली र अन्य खेतीपातीमा पनि लाखौँको क्षति पुगेको प्रहरीले जनाएको छ ।

साथै वर्षाकै कारण गए राति २ बजेदेखि नै जिल्लाका सम्पूर्ण गाउँठाउँको बिजुलीसमेत अवरुद्ध भए पनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank