नरेन्द्र मोदीले पुजा नगर्दासम्म जानकी मन्दिरमा सर्वसाधारण प्रबेशमा राेक

बिहिबार, बैशाख २७, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनपुर जानकी मन्दिरमा पूजा आजा नगरुञ्जेल सम्मका लागि सर्वसधारणलाई प्रवेशका रोक लगाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी शुक्रबार जनकपुर आएर दर्शन नगरुन्जेलका लागि जानकी मन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध गरिएको हो ।

विहीबार दिउँसो १२ बजेदेखि मन्दिरको सम्पूर्ण ढोकाहरु बन्द गरी सर्वसाधारणलाई पूजाअर्चना गर्न निषेध गरिएको छ । अब भीआईपी, सुरक्षा अधिकारी र स्वीकृति प्राप्त सञ्चारमाध्यका प्रतिनीधिहरु बाहेक अरुलाई प्रवेशमा रोक लगाइएको हो ।

मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुलाई सुरक्षाकर्मीले ढोकामानै रोक्ने गरेको सर्वसाधरणले गुनासो गरेका छन् । भारतीय प्रधानमन्त्री मन्दिरमा पूजा गर्न आउने हुनाले सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणको प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

231 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank