बल्ब खरिद नेपाल र भारत सरकारबीच सम्झौताबाट हुन्छः ऊर्जामन्त्री

मङ्लबार, बैशाख २६, २०७४

loading...


सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताएकाछन् । गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भने ।

उनले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिए। अर्को प्रसङ्गमा उनले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिए । “सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो”, मन्त्री शर्माले भने ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गरे । “स्थानीय तहको चुनावमा सबै संयमित बनाऔं, कसैैले पनि प्रतिशोध र तडकभडक नगरौंँ, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरौं ”, मन्त्री शर्माले भने।

वडा सदस्य उम्मेदवारको मृत्यु

कुमाख मालिका गाउँपालिका– १ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका दलबहादुर राणाको आज मृत्यु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा लडेर घाइते भएका राणाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

431 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank