गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी

शुक्रबार, चैत्र ३०, २०७४

काठमाडौँ । टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ ।

आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् । सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए।

खाली ठाउँमा युवायुवती जम्मा भएर गाँजा माडेर खाँदा उम्रिएका बिरुवा उखेलिएको उहाँले सुनाउनुभयो । सफाइबाट दुई ट्र्याक्टर फोहरसमेत व्यवस्थापन भयो । सफाइमा कलेजका ४० जना छात्रछात्राको सक्रियता थियो । प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएकामा विद्यार्थी नआउने भएकाले शुक्रबार नै सफाइ गरिएको हो ।

मातृशक्ति सफाइ अभियानले ५३ हप्ता पार गरेको छ । सफाइ अभियानले टोल सरसफाइमा जागरण ल्याएको जनाइएको छ ।

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank