विद्यालय खुले, शिक्षक आए विद्यार्थी आएनन्

जम्मु-कश्मीर समस्या

मङ्लबार, भदौ ३, २०७६



एजेन्सी । भारत प्रशासित कश्मीरमा करिब १५ दिनपछि विद्यालयहरु खुलेका छन् ।  सोमबार जम्मू कश्मीरको राजधानी श्रीनगरका १ सय ९० सरकारी प्राथमिक विद्यालय खोलिएको थियो ।

सरकारले श्रीनगरमा सोमबारबाट ८ कक्षासम्म पढाई हुने विद्यालय खुला गर्ने बताएको थियो । तर आइतबार साँझ केही स्थानमा सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार भएपछि ५ कक्षासम्म मात्रै खोलिएको थियो ।

श्रीनगरका सामान्य अवस्था भएका अनुमान गरिएका क्षेत्रमा विद्यालय खोलिएको थियो । तर विद्यालय खोलिएपनि विद्यार्थीहरुको उपस्थिति अन्त्यन्तै न्युन थियो ।

अभिभावकहरुले ५ कक्षासम्म पढ्ने बालबालिकाको उमेर १० वर्ष आसापास हुने भएकाले उनीहरुलाई विद्यालय पढाउन स्कुल बस र चालकसँग सम्पर्क हुनुपर्ने भन्दै सञ्चार सम्पर्क नभएकाले विद्यालय नपठाएको जवाफ दिएका छन् ।

विद्यालय खुलेपछि शिक्षकहरु भने विद्यालयमा आएका थिए । एक शिक्षकले विद्यालय खुलेपछि २–३ जना विद्यार्थी आएका र अरु सबै नआएकाले उनीहरुलाई पनि घर पठाएको बताएका छन् ।

घाँटीमा अझै पनि स्कुल, उच्च मावि र सबै डिग्री कलेजहरु बन्द रहेका छन् । हिन्दू बहुल जम्मूमा भने सबै विद्यालय खुला छन् ।

गत ५ अगस्टमा जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खोस्ने निर्णयअघि भारतको केन्द्र सरकारले सबै विद्यालय र छात्राबास समेत बन्द गर्न आदेश दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata